कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

बिस्कुट दिएर बालिका बलात्कार गर्ने ऋषिदेब पक्राउ

बिराटचौक । मोरङको सुन्दरहरैंचामा एक बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक व्यक्त पक्राउ परेका छन । घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँ बस्ने १५ वर्षीय किसन ऋषि देवलाई प्रहरी चौकी गछियाको टोलीले पक्राउ गरेको छ ।पीडित बालिका मोरङको सून्दरहरैंचा वडा नं ६ डिपु चोक बस्दै आएकी थिइन् ।

आफ्नै घरको आँगनमा खेल्ने क्रममा छिमेकी ऋषिदेवले बिस्कुट दिएर ललाई फकाई गरी घर छेउको केराबारीमा लगेर जबर्जस्ती गरेको पीडितको परिवारको आरोप छ । पक्राउ परेका व्यक्ति यसअघि पनि यस्ता घटनामा संलग्न रहेको पीडितको परिवारले बताए । पक्राउ परेका ऋषिदेवलाई प्रहरी चौकी गछियाले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यलय बेलबारीमा बुझाएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार