कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

शालीन तथा बौद्धिक व्यक्तित्व खगेन्द्र जबेगुको निधन

काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा ६९ वर्षको उमेरमा जबेगुको मृत्यु भएको हो ।
जबेगुका आफन्त आइन्द्र आङ्बोका अनुसार गत कात्तिक ८ गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।
सुरुमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएकोमा पछि उनलाई नर्भिक अस्पतालमा सारिएको थियो ।

शालीन र बौद्धिकता मात्र नभएर आकर्षक शारीरिक बनावट समेत भएका जबेगु लिम्बु समुदायको पहिलो कलाकार समेत हुन् । उनले ‘जीवन रेखा’ नामक नेपाली चलचित्रमा अभिनय गरेका थिए ।
पाँचथर पुख्यौली घर भई पछिल्लो समय काठमाडौं घट्टेकुलो निवासी जबेगु विभिन्न सामाजिक संस्थाहरुमा समेत रहेर पहिचानको आन्दोलनमा जोडिएका थिए ।

पारिवारिक स्रोतका अनुसार नेपाली सेनामार्फत जबेगुको दाहसंस्कार आजै गरिने छ । कोरोना संक्रमितको मृत्यु भए दाहसंकार सेनाले गर्दै आएको छ ।जबेगुको निधनप्रति सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरुले श्रदाञ्जली अर्पण गर्दै दुःख व्यक्त गरेका छन् ।

सार्वजनिक डट कम बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार