
आज (२ मंसिर) देखि काठमाडौंको खुलामञ्चमा निःशुल्क खाना खुवाउन सरकारले निषेध गरेको छ।
कोरोना महामारीका कारण रोजगारी गुमाएका विपन्न नागरिकलाई विभिन्न संघ संस्थाले खुलामञ्चमा दिनहुँ निःशुल्क खाना वितरण गर्दै आएका थिए।
ncell
खुला ठाउँमा खाना खुवाउँदा असुरक्षित हुने र त्यसबाट कोरोना संक्रमणको जोखिम झन् बढ्ने भएकाले यस्तो निर्णय गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
काठमाडौं महानगरपालिका र निःशुल्क खाना खुवाउने संघ संस्थाका प्रतिनिधिबीच खुला र सार्वजनिक स्थानमा अब खाना नखुवाउने सहमति नै भएको छ। त्यही सहमति अनुसार आज (मंगलबार)देखि खुलामञ्चमा खाना वितरणको कार्यक्रम बन्द गर्न लागिएको हो।
Century masala 2
कोरोना संक्रमणको कारण रोजगारी गुमाएका बिपन्न नागरिकलाई रोजगारी दिनु त कता हो कता संघसंस्था र व्यक्तिले आफ्नै पहलमा गर्दै आएको निःशुल्क खाना खुलाउने अभियानलाई पनि रोकेर अमानवीय व्यवहार देखाएको भन्दै सरकारको आलोचनासमेत भएको छ।
तर, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने रोजगारी नभएका विपन्नलाई महानगरपालिकाले सातामा दुई दिन रोजगारी दिने र निःशुल्क खाना खुवाउने कार्यलाई थप व्यवस्थित गरिने दाबी गर्दै आएका छन्। नेपाल खबर बाट



