तीन बर्षीया बालिकाको वीभत्स हत्या, बलात्कार गरी हत्या गरिएको आशंका

मकवानपुर, ४ मंसिर । पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

उनलाई गम्भीर घाइते बनाइएको अवस्थामा बुधबार साँझ फेला पारिएको र उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । हाल प्रवक्ता रानासहितको प्रहरी टोली घटनास्थलमा रहेको छ भने प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई पुरुषलाई पक्राउ गरेको जनाएको छ ।

बालिका बुधबार दिउँसो ३ बजेदेखि हराइरहेकी थिइन् । उनलाई स्थानीय खोल्साको किनारमा रक्ताम्य अवस्थामा फेला पारिएको थियो । बालिकाको शव परीक्षणका लागि हेटौंडा अस्पतालमा राखिएको छ । नयाँ पेज बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent