पाइन्टभित्र लुकाएर चरेस तस्करी, झण्डै ५ किलाे चरेससहित २ जना पक्राउ

वडा प्रहरी कार्यालय विर्ता, पर्साले ४ किलाे ८९० ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेकाे छ । पाइन्टभित्र लुकाएर चरेस तस्करी भइरहेकाे अवस्थामा उनीहरूलाइ पक्राउ गरिएकाे हाे ।

विर्ताबाट खटिएर गएको प्रहरी टोलीले पर्साकाे वीरगन्ज म.न.पा.वडा नं.१६ मितेरीपुल नजिकै पक्की सडक खण्डस्थित नेपालबाट भारततर्फ जाँदै गरेका पैदल यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा चरेस फेला परेकाे हाे । उनीहरू दुवैलाई पक्राउ गरिएकाे छ ।

वडा प्रहरी कार्यालय विर्ता पर्साका प्रमुख प्रहरी निरीक्षक राजेश पुरीले पर्सा वीरगन्ज म.न.पा.वडा नं. ३ छप्कैया बस्ने वर्ष २८ का अभिषेक श्रीवास्तवको साथबाट लागु औषध चरेस २ के.जी. ४४५ ग्राम र पर्सा वीरगन्ज म.न.पा.वडा नं. ५ बस्ने वर्ष २३ को धिरज पटेलको साथबाट लागु औषध चरेश २ के.जी. ४४५ ग्रामसहित नियन्त्रणमा लिएकाे बताए ।

उनिहरूलाई नियन्त्रणमा लिई लागुऔषध सम्वन्धी मुद्दामा अनुसन्धान भइरहेकाे वडा प्रहरी कार्यालय विर्ताले जनाएको छ । न्युज २४ बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार