
काठमाडौं, १२ फागुन । गायिका अञ्जु पन्तले लिम्बू सांस्कृतिक फिल्म ‘सुगुत’का लागि ‘लुङ्मा फङ्नु आदाङबे’ बोलको गीत गाएकी छन् । नेपाली सांगीतिक क्षेत्रकी लोकप्रिय गायिका अञ्जुले लिम्बू भाषाको गीत गाएको यो पहिलोपटक हो ।
‘पहिलो पटक मैले लिम्बू गीत गाएकी छु’ गीत रेकर्डिङपछि अञ्जुले आफ्नो फेसबुकमा लेखेकी छन् । यासेली योङहाङको शब्दरचना रहेको उक्त गीतको संगीत अशोक लोहरुङ राईले गरेका छन् ।
‘लुङवा फङ्नु आदाङबे ’मा अञ्जुसँगै राजेशपायल राईको पनि स्वर रहनेछ । यो राजेशपायल र अञ्जुको पहिलो लिम्बू भाषाको युगल गीत समेत हुनेछ । राईले भने धेरैवटा लिम्बू गीत गाइसकेका छन् ।
लिम्बू भाषाको फिल्म ‘सुगुत’ निर्माणको तयारी हुँदैछ । यो फिल्मलाई लोकेन साँवा लिम्बूले निर्देशन गर्दैछन् । उनका अनुसार अहिले फिल्म ‘सुगुत’का लागि गीत रेकर्डिङ र स्क्रिप्टको काम हुँदैछ । नयाँ अनलाइन बाट



