समाजसेबी लिवाङद्धारा नमूना बाल गृहलाई सहयोग

 मोरङको उर्लाबारी–७ स्थित नमूना बाल गृहलाई खाद्यन्य सहयोग गरिएको छ ।
फिल्म निर्माता तथा समाजसेबी हस्त लिवाङले आमा तनौटी इर्वा लिम्बू र बुवा आइतबहादुर लिम्बूको स्मृतिमा खाद्यन्य सहयोग गरेका हुन् । उनले चामल, दाल, भुजा, साबुनलगायतका सामाग्री नमूना बाल गृहकी अध्यक्ष मिना बराललाई हस्तान्तरण गरेका छन् ।

साथै बेलुकाको खानाको समेत ब्यवस्थापन गरेका छन् । यसअघि पनि निर्माता तथा समाजसेबी लिवाङले बाल गृहमा सहयोग गरेका थिए । गृहकी अध्यक्ष बरालले सहयोगीदातालाई धन्यवाद प्रकट गरिन् । सहयोगीदाताकै भरमा बाल गृह सञ्चालन हुँदै आएको उनले जानकारी दिइन् । सहयोग हस्तान्तरण कार्यक्रममा बाल गृहका सचिब जीवन घिमिरे, युवा ब्यवसायी दिनेश श्रेष्ठ, सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेत, पुजन दासलगायतको सहभागिता रहेको थियो । पुर्बी कमाण्ड अनालाइन बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार