दुबई बाट फर्केका एक युवकको त्रिभुवन बिमानस्थलमा ल्याएको समान खोलेर हेर्दा प्रहरी पर्यो चकित, गर्यो तुरुन्तै पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ किलो सुन सहित एक जना पक्राउ परेका छन् । दुबईबाट आएका एक यात्रुले राइस कुकरभित्र करिब १ किलो सुन लुकाएर ल्याएको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

मंगलबार राति सवा १० बजे फ्लाई दुबईको विमानबाट आएका धनुषाका प्रकाश महरालाई विमानस्थलस्थित भन्सार कार्यालय र प्रहरीले पक्राउ गरेको हो । उनले ल्याएको सामानहरूको तौल बढी देखिएपछि जाँच गर्दा सुन भेटिएको प्रहरीको भनाई छ ।

राइस कुकर फोरेर हेर्दा त्यहाँ ८८४ ग्राम सुन भेटिएको प्रहरीको भनाई छ । साथै, ५० ग्राम बाला सहित उनको साथबाट ९ सय ३४ ग्राम सुन भेटिएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । ताजा खबर बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent