कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मोवाइल चार्ज गर्ने क्रममा एक जनाको मृत्यु, १५ घाइते

धनकुटाको महालक्ष्मी नगरपालिकामा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज हुँदा करेन्ट लागेर चन्द्रबहादुर कार्कीको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट लागेर अन्य १५ जना घाइते भएको धनकुटा प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए ।

घाइते भएकाहरुलाई टिभिको प्लक जोड्ने तथा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको हो । घाइतेहरुको उपचार भइरहेको छ । चानुवा क्षेत्रमा दुई दिनदेखि बत्ती नभएको र बत्ती आउनसाथ विद्युतीय सामग्री चार्ज गर्ने क्रममा धेरैलाई करेन्ट लागेको स्थानीयले बताएका छन् ।  हाइभोल्टेज विद्युत प्रवाह हुँदा धेरैका घरमा मोवाइल, टिभी जलेका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार