कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

एमाले मुख्यालयबाट बालिका खड्का पक्राउ

काठमाडौं / बालिका खड्कालाई नेकपा एमालेको कार्यालय थापाथलीबाट प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पार्टी कार्यालय निरीक्षणमा गएको बेला गाली गर्न थालेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । खड्काले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’भन्दै गाली गरेकी थिइन् । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

उनले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफूलाई बिचल्ली बनाएको आरोप लगाउँदै आएकी छिन् । पार्टी कार्यालय निरीक्षणमा मुख्यमन्त्री राई पनि सहभागी थिए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार