कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

एम्बुलेन्सबाटै हामफालेर भागे तीन भारतीय कोरोना संक्रमित

कैलालीको धनगढीमा कोरोना पोजेटिभ रिपोर्ट आएका तीन भारतीय नागरिक आइसोलेसनमा लैजाने क्रममा एम्बुलेन्सबाटै हामफालेर भागेका छन् । भारतको पलिया र लख्खीमपुरबाट आएका उनीहरुलाई धनगढी उपमहानगरपालिका–१५ मा रहेको आईसोलेसनमा लैजान खोज्दा एम्बुलेन्सबाटै हामफालेर कनरी जंगल हुँदै भागेको हुन् ।

उनका अनुसार विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिन पुलको वारीतर्फ नै एम्बुलेन्स रोकेको समयमा ती संक्रमित भागेका कैलालीको त्रिनगर भन्सार नाकास्थित हेल्थ डेस्कका इञ्चार्ज दिनेश ठकुल्लाले जानकारी दिए । भारतमा कोरोना संक्रमण बढ्दै गएपछि काम गर्ने बहानामा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्ने क्रम बढेको छ । सीमा नाकामा कडाइ नहुँदा भारतीयहरु धमाधम नेपाल प्रवेश गरिरहेका छन् ।

सोही क्रममा कैलालीको त्रिनगर भन्सार नाकाबाट नेपाल प्रवेश गरेका ९ भारतीय नागरिकमाथि शंका लागि एन्टीजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पाइएको थियो । हेल्थ डेस्कका ईन्चार्ज दिनेश ठकुल्लाका अनुसार उनीहरु कैलालीको गोदावरी नगरपालिकामा काम गर्न भन्दै त्रिनगर भन्सार नाकाबाट प्रवेश गरेका थिए ।

त्रिनगर भन्सार नाकाबाट बुधबार र बिहीबार मात्र एक हजार ४६५ जना नेपाल प्रवेश गरेका छन् । तीमध्ये ७८५ जनाको एन्टीजेन परीक्षण गर्दा ११९ जनामा कोरोना पोजेटिभ देखिएको ठकुल्लाले बताए । उनका अनुसार संक्रमित हुनेमा १० जना महिला र १०९ जना पुरुष छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार