कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

डा.भम्पा राईकाे प्रमुख आतिथ्यमा ‘मुक्त’ सार्वजनिक कार्यक्रम सम्पन्न

मासिक रुपमा ‘द नेइसन्स फ्ल्यांस’द्वारा प्रकाशित हुने म्यागजिन ‘मुक्त’ काे पहिलो अंक सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । डा.भम्पा राईकाे प्रमुख आतिथ्यमा बिशेष समाराेहबिच ‘मुक्त’ सार्वजनिक गरिएकाे हाे । 



कार्यक्रममा अतिथिकाे रुपमा चलचित्र निर्देशक/कवि/लेखक प्रकाश आङदेम्बे , कवि/सञ्चारकर्मी निशेष आङदेम्बे , म्यागजिन संरक्षक मण्डल गाेपाल गुरुङ, टेक गुरुङ, दधि सुवेदी, प्रविधि सम्पादक प्रतिनिधि तपस गुरुङ, व्यवस्थापन प्रतिनिधि हेम कुमार तुम्बापाे,सन्त आङदेम्बे, कवि पुष्प लाेवा, दिल भुटानी, एक्जायल भुट्नीज, तिलक राई, जितेन साम्पाङ, साेनाम सुब्बा, इसिडिसी सञ्चालक समिति सचिव पुर्ण गुरुङ, काेषाध्यक्ष तारा कालिकाेटे, इन्चार्ज मनिराज सुब्बा , सिविर व्यवस्थापन समिति एडवीन दिलिप कुमार राई, भुटानी कराँते फेडेरेसन काेषाध्यक्ष डि.वी गिरी, कराँते प्रशिक्षक डम्बर सुनार लगायतकाे आतिथ्यता रहेको थियोे ।



कार्यक्रममा म्यागजिनकाे प्रबन्ध संयाेजक/ ‘द नेइसन्स फ्ल्यांस’ का प्रमुख मनरथ पाेख्रेलकाे सभापतित्व रहेकाे थियाे भने स्वागत मन्तव्य कार्यक्रम संयाेजक थिरु घिमिरेले राखेका थिए । कार्यक्रमकाे सहजीकरण म्यागजिनका प्रधान सम्पादक उत्तम लिम्बुले गरेका थिए । द मार्जिन बाट


सम्बन्धित शीर्षकहरु

मुख्य समाचार