सम्झनाको पलहरुमा चलचित्र निर्देशक प्रेम शेर्मा ‘माङजाबुङगे’

प्रेम सेर्मा संग मेरो २०४५ साल देखि निरन्तर मित्रता रहेको थियो हामी बिच कहिल्यै पनि कुनैदिन पनि केहि वैमनस्यता आएन
हरेक पल दुख सुखका कुराहरु गरेर घुमेर समय कटाएकाछौ मैले निर्देशन गरेका प्राय सबै सिनेमाहरुमा वहा उपस्थित हुनु हुन्थ्यो कहिले सुटिङ स्पटमा त कहिले पोस्ट प्रडक्सन मात कहिले रिलिज हरुमा भने कहिले स्कृप्टिंग हरुमा पनि साथ दिनु हुन्थ्यो खोई किन हो वहा प्राय मेरा हरेक कुरामा साथ दिनु हुन्थ्यो र मुख्य कुरा मलाई जिवनमा पहिलो पटक काठमान्डौ घुमाउन पनि उहाले नै लगेकोहोम ४५ साल भन्दा अगाडी काठमान्डौ गएकै थिईन |


“ मानिस “ चलचित्र को दर्ता को लागि “ जेनि प्रोडक्सन प्रा लि “ दर्ता संगै फिल्म दर्ता गर्न गएका थियौ मैले जिवनमा पहिलो पटक काठमान्डौ पनि सेर्मा कै सहयोगमा घुमेको थिए र जिवनमै पहिलो पटक मानिस को शुभमुहुर्त र सुटिङ को पहिलो सुट लारुम्बा मा गरेको थिए एउटा नृत्य बाट उक्त अवसरमा मैले एक्शन भन्दा पनि मेरो पछि पछि उनिनै उभिरहेका हुन्थे तर एक पटक ……………….. धेरै बर्ष पछि उनले मलाई भनेकाथिए –
“ किशोर जि ! तपाईले बिना कुनै तालिम बजेट चलचित्र थाल्नु भयो अव के होला ? के कसरी पुरा होला भनेर डर लागेको थियो तर तपाई ले त अचम्मै गर्नु भो … जस्तै हन्टर खाएर पनि पुरा मात्र गर्नु भएन चलचित्र लाई पहिलो पटक धरानमा भव्य प्रदर्सन २०४५/४६ मै प्रदर्सन पनि गराएर भारत को सिक्किम दाक्जिलिंग सम्म पनि प्रदर्सन गराउन शफल भएको छ !” हो म संघर्ष गर्दै थिए । त्यो सब नियालीरहेका प्रेम ले म वाट यति प्रभावित हुनु भएको रहेछ कि पछि उनले पनि जैतुन प्रोडक्सन दर्ता गरेर “देउमाईको किनारमा “ निर्माण गरे खुशि लाग्यो । वहाले नै भने अनुसार तपाईले जेनि प्रोडक्सन र मैले पनि ज बाटै दर्ता गरे भन्नु हुन्थ्यो जैतुन त्यस पछि मैले सन्काहा पत्रिका सम्पादन गरेको हुदा वहाले पनि हास्य व्यंग्य खेॅलाची सम्पादन गर्नु भयो ।
हाम्रो भेट चाही धरानका राजकुमार कार्कीजी ले गराउनु भएको थियो कारण म र राजकुमार जीको चिनजान थियो किनकी राजकुमार जीको छाताचोकमा पत्रिका पसल थियो र वहा पनि कवि लेखक हुनु हुन्थ्यो म पनि सानोतिनो कवि लेखक थिए त्यसकारण हाम्रो वहा संग सामान्य चिनजान थियो म वेला वेलामा वहाको पत्रिका पसलमा गैरहन्थे !
वहाको पनि चिनजान राजकुमार जी संग थिएछ क्यार … पत्रिका सम्पादन गर्ने कुरा गर्दा हास्य व्यंग्य पत्रिका को कुरा गर्नु भएछ क्यार सेर्माजी ले राजकुमार जी संग सेर्मा जीको पनि उर्लावारी मेरो पनि बेलबारी भएकोले होला सायद राजकुमार जीले बेलबारी पठाउनु भएको रहेछ !
मलाई भेट्न सेर्मा जी पहिलो पटक बेलबारी आउनु भएको थियो । हाम्रो भेट त्यो बेला भयो जुन वेला म बेलबारीकै पहिलो व्यावसायिक नाटक “ भिजेको पच्छ्यौरी” नाटक प्रदर्शनको लागी तत्कालिन स्थानिय हल शारदा टाकिजमा स्टेज वनाउदै थियौ त्यो वेला हल पनि माटो लिपेको काठ को वेरा बारेको हल थियो !


यसरी चिनजान भएको थियो पहिलो पटक !
हाम्रो हरेक कुरा मा समानजस्यता थियो फरक यति थियो म छिटो छिटो कुनै त विना तयारीनै काम गर्थे उनि चाही पुरा समय लगाएर काम गर्थे ….
मलाई प्राय भनि रहन्थे उनि किशोर जी म साचै भन्नु पर्दा तपाई बाट प्रभावित छु विशेष गरेर चलचित्र निर्माण र संघर्ष गर्ने तरिका हरु बाट भन्ने गर्नु हुन्थ्यो किनकी तपाई ४५ साल देखि निरन्तर चलचित्र निर्माण निर्देशनमा थाक्नु भएन ठुलठला चलचित्र वनाउन शफल हुनु भो ..
हामी संगै कविता कथा र रचनात्मक काम हरुमा सधै तल्लिन हुन्थ्यौ र जिवनमा कहिले काही चाहि मन भुलाउन विना काम वरालिन पनि जान्थ्यौ कता कता कुनै उदेस्यनै वेगर तर पनि त्यस वेला पनि हामी एक आपसमा कृयटिभ कुराहरु भने गरि रहन्थ्यौ !
म कहिले कहि जिन्दगि र परिस्थि बाट दिक्क लागेर निराश हुॅदा हौशला दिएर मन दर्हो पार्न लगाउनु हुन्थ्यो !
विस्तारै विरामी पर्दै जानु भो तर पनि मलाई चाही किशोर जी जिन्दगी संग हरेस नखानुस है भनिरहनु हुन्थ्यो तर ….!!!!
मलाई हिम्मत नहार्ने हौशला दिईरहने मेरो प्रिय साथी वहाले चाही हिम्मत हार्नु भो !!!
अचानक कसैले थाहै नपाई सुटुक्कै छाडेर जानु भो आफ्नो पिडा दुख सव आफु संगै लिएर जानु भो हामी भन्दा धेरै टाढा टाढा …………
मलाई जहा सम्म थाह भएको कुरा –
वहाका कोठा र बाकस हरुमा वहा काथुप्रै लेख रचना हरु छन प्रकाशित गर्ने कुरा गरिरहनु हुन्थ्यो अव हामीले वहाका केहि अधुरा सपनाहरु पुरा गर्ने अठोट पनि गर्नु पर्ला कि जिवन को आधा समय झन्डै हामी साथ थियौ थुप्रै कुराहरु छन यस बिषय मा आउदो दिनहरुमा खोजि गरौला वहस गरौला वस
अहिले लाई हार्दिक श्रधान्जली मात्र दुई थोपा ॲाशु सहित
किशोर सुब्बा : हाल अमेरिका

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार