
पाथिभरा च्यानल : कलाकार तथा पालाम गायीका कविता आङबुहाङकाे लय संकलन र लक्ष्मी नामलाक्पाकाे शब्द संकलन रहेकाे पालाम सेताम्मै बगर अफिसियल म्युजिक भिडियो मुकुम्लुङ अनलाइन च्यानल बाट सार्वजनिकभएकोछ ।

उक्त पालाममा चर्चित गायक बिवश नेम्वाङ र कविता आङबुहङकाे स्वर रहेकाेछ । भिडियोमा कलाकारहरु कबिता आङ्बुहङ बिवश नेम्बाङ सेरहाङ यक्साे अमृता आङबुहाङ महेन्द्र पालुङ्वा हेलन अङ्छङ्बो पुर्ण साँवा लिम्बू तारा आङ्बुहाङ चन्द्रकला खोदाङ ओज हाङ साम्बा दिलुसा आङ्बुहाङ रहनुभएको छ ।
उक्त गीतकाे म्युजिक भिडियोको छायांकन/सम्पादन निर्मल सुब्बाले गरेका छन भने ड्राेन/कलर नामाेथाङ लिम्बूले गरेका छन । उक्त पालाम गायीका कविता आङबुहाङकाे चाैथाे प्रस्तुती रहेकोछ। पालामको भाका मिठो र कर्णप्रिय छ | गायक बिवश नेम्वाङ र गायिका कविता आङबुहङकाे स्वर एक अर्कामा सुहाएकोछ | छायांकन र सम्पादन उत्कृस्ट छ | समग्रमा पालाम र भिडियो हरेक दृस्टीले राम्रो निर्माण भएकोछ |



