कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

भूपदेव शाह रास्वपाको महामन्त्री चयन

काठमाडौं : रास्वपाले भूपदेव शाहलाई महामन्त्री चयन गरेको छ ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

यसअघि भएको सहमति अनुसार, महामन्त्रीमा सुनिल लम्साल थिए भने भूपदेव सहमहामन्त्री थिए । लम्सालले मन्त्रीको जिम्मेवारी सम्हालेपछि भूपदेवलाई पार्टीको महामन्त्री बनाउन लागिएको एक नेताले बताए । उनी प्रधानमन्त्री बालेन शाहको विश्वासपात्र र सहयोगी हुन् । प्रधामन्त्री शाह काठमाडौं महानगरपालिकाका मेयरको जिम्मेवारीमा भएको बेला भूपदेव भूपदेव थिए

अछामको मंगलसेन नगरपालिका–४ का स्थायी बासिन्दा २९ वर्षीय भूपदेवले प्रधानमन्त्री शाहलाई स्थापित बनाउने यात्रामा निर्णायक भूमिका खेलेका पात्रहरूमध्ये उनी एक मानिन्छन्। देशैभरि रास्वपाको पक्षमा उभार आउँदा अछाम-२ मा उम्मेदवारी दिएका भूपदेव शाह भने पराजित भए ।

यो क्षेत्रमा एमालेका यज्ञबहादुर बोगटी ९ हजार ५१८ मत ल्याएर विजयी हुँदा कांग्रेसका पुष्पबहादुर शाहले ९ हजार ४६ मत पाए । नेपाल कम्युनिस्ट पार्टीका बलबहादुर कुँवरले ६ हजार ४९३ मत ल्याए भने रास्वपाका भूपदेव ४ हजार ५६२ मत ल्याउँदै चौथो स्थानमा रहे ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent