सोमबार २९ सय १८ संक्रमित थप, ५ हजार संक्रमणमुक्त

काठमाडौं, ३१ जेठ । आज नेपालमा कोरोना भाइरसका २ हजार ९ सय १८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख १० हजार ५ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ५ हजार १४७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ५ लाख ३६ हजार २ सय ५२ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार आज १४ हजार ८ सय १९ परीक्षणमा ९ हजार ४३८ जना पिसीआर विधिबाट र ५३ सय ८१ जना एन्टिजेन विधिबाट पुष्टि भएको हो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार