सिन्धुपाल्चोक बाढीमा हेलम्बुका थप चार जना हराएको पुष्टि, अझै १७ बेपत्ता

सिन्धुपाल्चोकको बाढी पहिरोमा हेलम्बुका थप चार जना बेपत्ता भएको खुलेको छ। योसँगै बेपत्ताको संख्या १७ रहेको छ।

यसअघि २० जना बेपत्ता भएकोमध्ये ३ जनाको शव फेला परेको छ भने चारजना सम्पर्कमा आएका छन्।

बिहीबार हेलम्बु गाउँपालिका १ का ४५ वर्षीय सुनिल तामाङ, ३५ वर्षीय पुर्ण तामाङ, ५० वर्षीय कामी तामाङ र उनकी ७० वर्षीया आमा पनि बेपत्ता भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

यसअघि २० जना बेपत्ता भएकोमा ४ जना सम्पर्कमा आएका छन्।

१९ वर्षीय बिमल खत्री भन्ने देव खत्री, १७ वर्षीय राम थापा, १६ वर्षीय सुवास जिरेल र १६ वर्षीय कमल खत्री सम्पर्कमा आएका हुन्।

यसैबीच बिहीबार थप तीन जनाको शव फेला परेको छ। दुई चिनियाँ नागरिक र एक भारतीय नागरिकको शव फेला परेको हो।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent