कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

जेठ २ मा फर्किने एमाले स्थायी कमिटीको निर्णय

१५ असार, काठमाडौं । नेकपा एमालेले जेठ २ मा फर्किने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटीको मंगलबार बसेको बैठकले आगामी बिहीबार एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

यसबारे भोलि बोलाइएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले निर्णय गर्ने एक नेताले बताए । ‘सर्वोच्च अदालतका आदेशहरु, संसद विघटनका मुद्दा र पार्टीको विवादलाई एकतावद्ध बनाउन भइरहेको सन्दर्भमा पार्टी एकताको सन्दर्भमा महत्वपूर्ण निर्णय हुन्छ’ उनले भने ।

सर्वोच्च अदालतको २३ फागुनको आदेशले पुनस्र्थापित एमालेका अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा आफू पक्षीय नेताहरुको बैठक राखेर नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु हटाउने, दशौं महाधिवेशन आयोजक कमिटी बनाउने लगायतका निर्णय गरेका थिए । त्यसमा असहमत माधवकुमार नेपाल पक्षले पनि देशभर समानान्तर कमिटीहरु बनायो ।

नेताहरुमाथि गरिको कारबाही फिर्ता लिएर एकता प्रयास चलिरहेका बेला संसद भंग गर्न खोजेको भन्दै नेपाल पक्षका २६ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे । सर्वोच्चमा दायर रिटमा २३ जनाले हस्ताक्षर पनि गरेका छन् । लगतै अध्यक्ष ओलीले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जनालाई पार्टीबाट निस्कासन गरेका छन् ।

उनीहरुबाहेक अरुलाई भोलि दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा बोलाइएको छ । तर नेपाल पक्ष अनुपस्थित हुने बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार