कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूतको बधाई, भने, ‘मिलेर काम गर्न चाहन्छौं’

काठमाडौं, ३० असार । नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौंस्थित संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी बेरीले बधाई दिएका छन् ।

राजदूत बेरीले मंगलबार ट्वीटरमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । राजदूत बेरीले ‘अमेरिकी मिसन नेपाल सरकारका सबै तहमा करिब ७५ वर्षको मित्रता अगाडि बढाउन उहाँसँग मिलेर काम गर्ने आशा गर्दछ’ भनेका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले मंगलबार प्रधानमन्त्रीको शपथ लिएका हुन् । रासस

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार