कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

अग्रणी राजनीतिज्ञ सामाजिक अभियन्ता शिवकुमार योङया को असमायिक निधन

झापा जिल्ला शिवसताक्षी नगरबासी ले एक असल र निष्ठा का प्रतीक मानिने अबिभावक गुमाएको छ | अग्रणी राजनितिक, सामाजिक तथा धार्मिक व्यक्तित्व आदरणीय श्री शिवकुमार योङया को असमायिक निधनको भएको छ | उहाँले विभिन्न संघसस्थामा रहेर उल्लेखनीय धेरै कार्यहरु गर्नु भएको छ ।

उहाँको राजनीतिक सुरूवातमा साविक शिवगन्ज वडा न ७ को वडाध्यक्षको जिम्मेवारी सफल ढङ्गबाट पुरागरी त्यसपछी तत्कालीन सतासीधाम गाउँ पन्चायतको २ पटक प्रधानपन्च, गाविस अध्यक्ष हुँदै हाल आदिवासी जनजाति महासङ्घ झापा जिल्ला अध्यक्ष लगायत माङ्हिम माइधामका अध्यक्ष, नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि, श्री खुद्रा साकोस दुधेका संचालक समिती सदस्य लगायत दर्जनौ संघसस्थामा कृयाशील रही समाजमा निष्कलङ्क व्यक्तित्वको रुपमा परिचित हुनुहुन्थ्यो ।

उहाँको निधनले शिवसताक्षी नगरले एक होनहार असल अबिभावक गुमाएको छ । सामाजिक संजालमा शुभ चिन्तक र आफन्तहरुले उहाँको दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धासुमन अर्पण र परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भनी हार्दिक समवेदना व्यक्त गरिरहनुभएको छ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार