कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

योजनाबद्ध लुटपाटपछि ज्ञानुको हत्या, तीन अभियुक्त पक्राउ

१६ साउन, वीरगञ्ज । सर्लाहीको लालबन्दी–१ घर भई काठमाडौंको गोंगबु बस्ने २७ वर्षीय सुजन भन्ने ज्ञानु पाख्रिन श्रीमतीलाई सर्लाही पुगेर आउँछु भनेर निस्किए । तर उनी अब कहिल्यै घर फर्कने छैनन् । किनकी उनको लुटपाटपछि हत्या भएको छ । हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनकै साथी वीरगञ्ज–७ रामटोल बस्ने राहुल महर्जन, २७ वर्षीय विक्की भन्ने दीपलामा तामाङ र बारा फेटा गाउँपालिका ३ बस्ने २७ वर्षीय धनञ्जय रजकलाई पक्राउ गरेको हो । अभियुक्तहरुले लुटपाटपछि हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।

घटनामा संलग्न भारत बिहारको पूर्वी चम्पारण जिल्ला मोतीहारी घर भई हाल वीरगञ्ज– १६ नगवा बस्ने रवि सर्राफ फरार छन् । भारतीय प्रहरीसँगको समन्वयमा उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार ज्ञानु घरमा सर्लाही जान्छु भनेर ढाँटेर साथीभाइसँग मस्ती गर्ने सोचले वीरगञ्ज आएका थिए । साउन १३ गते बुधबार २ जना साथीसँगै उनी वीरगञ्ज आइपुगे । विगतमा सुमो चलाउने क्रममा वीरगञ्जका राहुलसँग उनको दोस्ती बनेको थियो । पछिल्ला दिनमा ज्ञानु काठमाडौं ट्याक्सी चलाउँथे भने राहुलले पेशा परिवर्तन गरेर सानो पसल व्यवसाय गरिरहेका छन् । राहुलले नै अन्यसँग ज्ञानुको परिचय गराए ।

बुधबार साँझ उनीहरु वीरगञ्ज–७ रामटोल बस्ने २७ वर्षीय विक्की भन्ने दीपलामाको खाली घरमा बसे । त्यहाँ उनीहरुले मादकपदार्थ सेवन गरे । साउन १४ गते बिहीबार बिहान १ः३० बजे काठमाडौंबाट आएका दुईजनालाई छोडेर ज्ञानुलाई थप बियर किन्ने बहाना गरी बाहिर लगे । रामटोलकै एकान्त ठाउँको खाली जग्गामा ज्ञानुको घाँटीमा लक लगाइ हत्या गरे । त्यसपछि उनीहरुले सुनको सिक्री, सुनको औंठी, घडी र नगद १० हजार रुपैयाँ लुटे । लुटपाटपछि लुटेको समान सहित रवी भागे । बाँकी तीन जना हतार–हतार फर्कदै गर्दा घटनास्थल नजिकै मोटरसाइकलमा गस्ती गरिरहेको प्रहरीको क्युआरटी टोलीसँग जम्काभेट भयो । उनीहरुले प्रहरीलाई साथी हराएर खोजेको बताए ।

केही समयपछि भ्यानमा प्रहरीको अर्को टोली समेत आइपुग्यो । खोजतलासको क्रममा रामटोलको खाली जग्गामा एक युवक लडेको देखियो । उनीहरुले त्यही नै आफ्नो साथी भएको बताएपछि उनलाई नारायणी अस्पताल लगियो । अस्पतालले मृत घोषित गर्यो । मृतकको औंलामा औंठी निकालेको घाउ देखेपछि प्रहरीले घटनालाई शंकास्पद रुपमा लियो । जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई अनुसन्धान गर्दा उनीहरुले घटनाबारे जानकारी दिएका थिए । प्रहरीले दीपलामाले घटनास्थल नजिकै नालामा लुकाएको सुनको सिक्रीको टुक्रा समेत बरामद भएको जनाएको छ ।

अनुसन्धानका क्रममा उनीहरुले योजनाबद्ध ढंगले ज्ञानुसँग भएको नगद र सुनका गहना लुटेको खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनाल बताउँछन् ।

‘फरार अभियुक्त रवी पहिले पनि आपराधिक गतिविधिमा संलग्न व्यक्ति हुन् । उनीहरुले योजनाबद्ध ढंगले कुहिनाले घाँटीमा लक लगाएर ज्ञानुको हत्या गरेको पाइएको छ,’ उनले भने, ‘ज्ञानुसँग धेरै पैसा छ भन्ने भ्रममा उनीहरु रहेछन्, तर सुनको सिक्री, नगद गरेर २ लाख बराबरको मात्रै समान फेला पारेको देखिन्छ ।अनलाइन खबर बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent