प्रदेश १ को नाम लिम्बुवान किरात हुनुपर्छ-लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा,

लिम्बुवान् राष्ट्रिय मुक्ति मोर्चा, नेपालले प्रदेश १ को नाम बहुपहिचानका आधारमा हुनुपर्ने माग गरेको छ। प्रदेश १ को नामकरणको विषयमा चर्चा चलिरहेका बेला मोर्चाले प्रदेशको नाम लिम्बूवान–किरात हुनुपर्ने बताएको हो। 

मोर्चाको केन्द्रीय कमिटीको २३ गतेको भर्चुअलमार्फत भएको बैठकका निर्णय सार्वजनिक गर्न आइतबार भर्चुअल पत्रकार सम्मेलन गरिएको थियो। 

मोर्चाले प्रदेशको बहुपहिचानका आधारमा नराखे आन्दोलन गर्ने चेतावनी पनि दिएको छ। लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालका अध्यक्ष मुक्सामहाङ मेन्याङबोले प्रदेशको बहुपहिचानका आधारमा नाम राख्न दबाब दिन मुद्दा मिल्ने मोर्चाबन्दी गरेर आन्दोलन गर्ने जानकारी दिए।

प्रदेश १ को नामको सन्दर्भमा धेरै नाम प्रस्ताव हुने भए पनि बहुपहिचानका आधारमा प्रस्ताव गरिएको किरात–लिम्बुवानको पक्षमा समर्थन गर्न प्रदेशका सांसदहरूलाई उनले आग्रह गरे।

किरात शब्दले बहुपहिचान झल्किने दाबी गर्दै लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालले प्रदेशको नाम राख्ने क्रममा इतिहास र सभ्यताको सम्मान गर्न आग्रह गरेको छ।

‘किरात कुनै एउटा जाति होइन,’ अध्यक्ष मेन्याङबोले भने, ‘किरात इतिहास, भूगोल, सभ्यता, कला, संस्कृति वा जीवन पद्धति हो।’ 

यस्तै मोर्चाले संघीयतालाई व्यवहारतः कार्यान्वयन गर्न लिम्बू भाषा तथा लिपीलाई प्रदेश सरकारको कामकाजी भाषा प्रयोग गर्न, लिम्बुहरूको सघन बसोबास भएको स्थानहरूमा लिम्बू भाषामा पठन पाठन गर्नसमेत संघ, प्रदेश र स्थानीय सरकारसमक्ष माग गरेको छ।

मोर्चाले ताप्लेजुङस्थित श्रीजंगा फुक्को, फुङ्फुंगे झर्ना, सेवालुङ, फक्ताङ्लङ र मुकुङ्लुङ्, तेह्रथुम जिल्लास्थित याक्कुम्बा गढी, पोक्लाबाङ यक र मेन्छा्येम, सुनसरी जिल्लास्थित विजयपुर दरबार, खुवालुङ धनकुटा जिल्ला स्थित साँगुरीगढी, कुरुले यक, बोधे यक, लेवती यक र याङसेम्बालुङ्ग लिम्बुहरूका मुन्धुमी एवं ऐतिहासिक स्थलहरूको संरक्षण गर्न संघीय सरकार, प्रदेश सरकार एवं स्थानीय सरकारसमक्ष माग गरेको छ।

यसैगरी पाँचथर जिल्ला स्थित हिलीहाङ दरबार, फेदेन गडी, कुम्मायक, फालासुक्वा, लब्रेकुटी, फल्गुणन्नदको समाधिस्थल सिलौटी डाँडा, इलाम जिल्ला स्थित आङदाङ गडी, चुक्चीनाम्बा, माङवालुङ लगायतका लिम्बुहरूका मुन्धुमी एवं ऐतिहासिक स्थलहरूको संरक्षण गर्न माग गरेको छ। थाहा खबर बाट

No description available.
No description available.

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार