दल विभाजनसम्बन्धी अध्यादेश : २० प्रतिशतले पार्टी फुटाउन सक्ने!

गठबन्धन सरकारले २० प्रतिशतले नै पार्टी फुटाउन सक्ने प्रावधानसहित राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको दाबी एमालेले गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २० प्रतिशत संख्याबाटै पार्टी फुटाउन सक्ने गरी अध्यादेश ल्याएको दाबी एमाले प्रवक्ता प्रदीप ज्ञवालीले गरे।

ad
२० प्रतिशत संख्याबाटै पार्टी फुटाउने निर्णय सरकारले गरिसकेको सूचना प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई पनि पुगेको छ।

ad
‘२० प्रतिशतले नै पार्टी फुटाउन सक्ने गरी सरकारले अध्यादेश ल्याउने निर्णय गरिसकेको सूचना हामीकहाँ आएको छ’, एमाले प्रवक्ता प्रदीप ज्ञवालीले स्थायी कमिटी बैठकपछि भने, ‘यसरी दल विभाजनलाई सहज बनाउने निर्णयले थप अराजकता र अस्थिरता निम्त्याउने छ।’

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार