१ अर्ब ८० करोड लगानीमा मन्त्री क्वाटर र प्रदेश सम्पर्क कार्यालय बन्दै

पाथिभरा च्यानाल – ललितपुरको भैंसेपाटीमा बन्दै गरेको प्रदेश प्रमुख मुख्यमन्त्री आवास तथा सम्पर्क कार्यालय र संघीय मन्त्री आवास निमार्ण कार्य तिब्र गतिले बढिरहेको छ । कोरोना महामारिका कारण निमार्ण कार्यमा केहि सुस्तता आएको प्रदेश सम्पर्क कार्यालय र संघीय मन्त्री आवास निमार्ण कार्यले पुन गति लिएको शहरी विकास तथा भवन निमार्ण बिभाग अन्तर्गतको विशेष भवन निमार्ण आयोजनाका आयोजना निर्देशक दिलिप शेखर श्रेष्ठले बताउनु भयो । “कोरोना महामारीले गर्दा समयमै सम्पन्न गर्न कठिन भएको कारणले ६ महिना समय थप गरिएको छ” निर्देशक श्रेष्ठ भन्छन्- “अहिले प्रदेशसम्पर्क कार्यालय ६२ प्रतिशत र संघीय मन्त्री आवास ६५ प्रतिशत निमार्ण कार्य सकिएको छ ।

जति सक्दो चाडै काम सक्ने तयारी छ ।” ०७६ साल असोज देखि सरकारले निमार्ण गरिरहेको प्रदेश सम्पर्क कार्यालय करिब ७७ करोड र संघीय मन्त्री आवास करिब १ अर्ब ३ करोड लागत निमार्ण हुन लागेको हो ।

मल्लकालिन आर्किटेक्चरमै बन्न लागेको संघिय मन्त्री आवास भित्र २४ वटा मन्त्री आवास, राष्ट्रिय सभा अध्यक्षको निवास, राष्ट्रिय सभा उपाध्यक्षको निवास, उपसभामुख निवास गरि ३ वटा भवनका साथै हेल्थ क्लब, स्विमिङ पुल, हेलिप्याड, सुरक्षाकर्मीहरुको भवन गरि ९६ रोपनी १० आना क्षेत्रफलमा बन्न लागेको हो । आधुनिक शैलिमा बन्न लागेको प्रदेश सम्पर्क कार्यालयमा ७ वटा ब्लकमा २ वटा युनिट रहने भवन २७ रोपनी रोपनी क्षेत्रफलमा बन्दै छ ।

सुदिप भण्डारी पाथीभरा च्यानलको मुख्य सम्बाददाता हुनुहुन्छ

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार