सत्यतथ्य नबुझी भ्यालीलाई बदनाम गर्न खोजियो – सञ्चालक, विज्ञप्ति सहित

काठमाडाैँ – कीर्तिपुरस्थित भ्याली इण्टरनेसनल कन्सल्टेन्सीले कोरिया पठाउने नाममा विद्यार्थी ठगी गरेको भन्ने आरोपको खण्डन गरेको छ |

भ्यालीले एक विज्ञप्ति प्रकाशित गर्दै, केही व्यक्ति र सञ्चारमाध्यमहरूले वास्तविकता नबुझी संस्थाको छवि धमिल्याउने नियतका साथ संस्थाको बदनाम गराउन खोजेको बताएकाे हाे । 

केही समययता केही केही संचार माध्यममा भ्यालीले कोरिया पठाउने नाममा विद्यार्थीबाट लाखौँ रकम उठाएर फिर्ता नदिएको भन्दै अफवाह फैलाइएको कन्सल्टेन्सीको गुनासो छ ।

कन्सल्टेन्सीका कोरिया विभाग निर्देशम धिरेन राईले दोस्रो लकडाउन अघि कोरियाको सियोलस्थित केसी युनिभर्सिटीमा भर्नाका लागि रकम पठाइएका एक विद्यार्थीले गलत सूचना दिएर मिडियामार्फत आफूहरूलाई बदनाम गराउन खोजेको बताए ।

एक विद्यार्थीले आवेदनका क्रममा भ्यालीलाई नभई कोरियामा रहेका आफ्ना दाजुमार्फत सिधैँ युनिभर्सिटीमै रकम बुझाएको र केसी युनिभर्सिटीले केही रकम काटेर फिर्ता गरिसकेको छ’ राइले भने, ‘रकम धेरै काटिएको भनेर हामीले युनिभर्सिटीमा कम्प्लेन गरेका थियौँ, नियमानुसार काटेर बाँकी रकम फिर्ता गर्छु भनेको छ।’ भ्याली कन्सल्टेन्सीका सञ्चालक पदम योङहाङले आफूहरूले विद्यार्थीहरूसँग पैसा खाएको प्रमाणित गरेर देखाउन चुनौतीसमेत दिए ।

‘युनिभर्सिटीबाट रकम फिर्ता ल्याउन कन्सल्टेन्सीले सहजीकरण गरिरहेको छ, आरोप लगाउने विद्यार्थीले कोरियामा नै रहेका आफन्तमार्फत सिधै विश्वविद्यालयलाई बुझाएको पैसा फिर्ता भइ बाँकी रकम समेत कलेजले फिर्ता गर्ने प्रक्रियामा रहेका बेला भ्यालीलाई बदनाम गर्ने प्रयोजित उद्देश्यका साथ गलत समाचार फिजाउनु दुखद कुरा हो’, उनले भने । यस्ता अफवाहको पछि नलाग्न र कुनै शंका वा प्रश्न भएमा भ्यालीमा आए आफूहरू सबै पारदर्शी ढंगले बुझाइदिने निर्देशक राईले बताए । त्यस्तै उनलले सञ्चार माध्यमहरूले सत्यतथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह समेत गरेका छन् । 

विज्ञप्तिः


सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent