ओलीलाई अर्को धक्काः केन्द्र देखि प्रदेश सरकारहरुमा एमाले सुन्य

काठमाडौं, १५ कात्तिक । नेकपा एमाले आजबाट केन्द्र देखि प्रदेश सरकारहरुमा सुन्य अवस्थामा पुगेको छ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएलगत्तै एमाले अब ७ वटै प्रदेशहरुमा प्रतिपक्षीमा पुगेको छ ।

विगतमा केन्द्र देखि ६ प्रदेशमा बहुमत सरकारको नेतृत्व गरेको एमाले प्रतिपक्षमा पुगेको हो । केपी शर्मा ओलीविरुद्ध तत्कालीन नेकपाका प्रचण्ड र माधवकुमार नेपाल एकजुट भई लागेपछि अहिलेको अवस्थासम्म देश पुगेको हो ।

नेकपा विभाजन भई एमाले र माओवादी केन्द्र ब्युँतिएपछि कर्णाली प्रदेशमा फ्लोर क्रस भई माओवादी नेतृत्वको सरकार जोगिएको थियो । सुदूरपश्चिममा पनि माओवादी नेतृत्वको सरकार जोगिए । त्यसपछि गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्यो । केन्द्रमा ओली नेतृत्वको सरकार ढल्यो ।

लुम्बिनीमा एमाले नेतृत्वको सरकार ढलेपछि दशैलगत्तै बागमतीमा पनि एमाले सरकार ढल्यो । अहिले आएर प्रदेश १ को सरकार ढल्यो ।

अब स्थानीय निकायहरुमा मात्र एमालेको नेतृत्वको स्थानीय सरकार रहेको छ । ओलीले यसबीच पकडहरु गुमाउँदै गएका छन् । यो घटनाले नेकपा विभाजनपछि धक्का खाएको र एमाले विभाजनपछि झन् ठूलो धक्का खाएको देखिदै गएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent