
काठमाडौं, २७ कात्तिक । हंगेरीका एक व्यक्तिले नेपाली रुपैयाँ बराबरको इन्स्योरेन्स दाबी गर्न रेलअघि बसेर आफ्नै खुट्टा कटाएको खुलेको छ । डेलीमेलका अनुसार स्यान्डोर नाम गरेका ५४ वर्षीय व्यक्तिले रेलअघि बसेर आफ्नै खुट्टा कटाएका थिए । यो घटना सन् २०१४ को हो। उनले हंगेरीको नीरकसजारी गाउँमा रेलको लिगमा राखेर आफ्नो दुवै खुट्टा कटाएका थिए ।
यो घटनापछि उनले इन्स्योरेन्स दाबी गर्दै आवेदन दिए । तर, कम्पनीले उनीमाथि शंका ग¥यो किनकी सोही वर्ष उनले १४ उच्च जोखिमको पोलिसी लिएर इन्स्योरेन्स गराएका थिए । पछि यो मुद्दा अदालतसम्म पुग्यो । रेलअघि बसेर दुवै खुट्टा गुमाएर स्यान्डोरले बचत खातामा राख्नुभन्दा इन्स्योरेन्समा पैसा राख्दा राम्रो हुने सल्लाह पाएकाले इन्स्योरेन्स गराएको दाबी गरेका थिए ।
यद्यपि सात वर्षको अनुसन्धान र साक्षीसँगको सोधपुछमा उनले जानाजान आफूलाई चोट पुर्याएको निष्कर्ष निस्केको हाे । अदालतले स्यान्डोरलाई दुई वर्षको जुेल र झण्डै साढे सात लाख नेपाली रुपैयाँ बराबरको कानुनी प्रक्रियाको खर्च समेत भुक्तानी गर्न आदेश दिएको छ ।



