भक्त पयाङ्गुको अध्यक्षतामा नेकपा माओवादी केन्द्र पाँचथर-काठमाडौंले गर्यो नेतृत्व चयन

काठमाडौं- नेकपा माओवादी केन्द्र पाँचथर-काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिकाे दाेस्राे सम्मेलन नयाँ नेतृत्व चयन गरेको छ।

शनिबार काठमाडौंमा आयाेजित एक भव्य कार्यक्रमकाबीच भएको दाेस्राे सम्मेलनले भक्त पयाङ्गुको अध्यक्षतामा २९ सदस्यीय जुझारु नेतृत्व चयन गरेको हो।

समितिकाे उपाध्यक्षमा साम्देन लामा (दीपक), शेरबहादुर तुम्बापाे र दीपेन्द्र आङ्देम्बे चयन भएका छन् । सचिवमा सुमन अधिकारी, सहसचिवमा कल्पना राई र काेषाध्यक्षमा हेमराज दाहाल सर्वसम्मत निर्वाचित भएकाे निर्वाचन समितिका संयाेजक दीपेन्द्र पाेखरेलले जानकारी दिए । ३५ सदस्यीय रहेको समितिमा अन्य ६ जना पछि थप गरिने पनि पाेखरेलले जनाए।

यसैगरि पाँचथरका ८ वटै पालिका समिति पनि गठन भएकाे पाेखरेलले बताए । सम्मेलनले विन्देश्वर खनालकाे संयाेजकत्वमा १० सदस्यीय सल्लाहकार परिषद् पनि गठन गरेकाे छ । निर्वाचितहरूलाई हर्कबहादुर नेम्बाङ (मिक्साे) ले सपथग्रहण गराएका थिए ।

कार्यक्रममा नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्माकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । यसैगरि विशेष अतिथिमा प्रदेश एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बाे रहेका थिए । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) पाँचथरका पदाधिकारीहरू, समितिका पूर्वपदाधिकारीहरू लगायतको सहभागिता रहेकाे थियाे ।

हटपाटी बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार