नेकपा (माओवादी केन्द्र) प्रदेश न. १ बाट मुक्साम हाङ मेन्याङ्बो “मुकेश” लाई पाटी अध्यक्षमा समर्थन जुट्दै



नेकपा ( माओवादी केन्द्र ) प्रदेश नम्बर १ बाट मुक्साम हाङ मेन्याङ्बो “मुकेश” पाटी अध्यक्ष बत्रे लगभग पक्का पक्कि छ । उहाँलाई अध्यक्ष बनाउँनको लागि नेतृत्वदेखि लिएर तल्लो तहसम्मका नेता कार्यकर्ताको बलियो साथ समर्थन रहेको छ ।

२०५५ सालबाट पाटीमा पूणकालिन सदस्य भएर विभिन्न मोर्चा तथा जिम्मेवारी सम्हाल्दै आएका मुकेश सुन्सरी जिल्ला इन्चार्ज र पाटीको पिविएम सम्म भएका थिए । पछिल्लो चरण पाटीको जिम्मेवारी बाँडफाँडका क्रममा उहाँलाई पाटी नेतृत्वले धेरै नै अन्याय गरेको प्रदेश १ का आम कार्यकर्ताको बुझाइ छ ।

त्यहि भएर पनि अब बत्रे प्रदेश पाटी कमिटिको अध्यक्षमा मुकसाम हाङ मेन्याङबो मुकेशलाई सबैको समर्थन भएको हुनसक्छ । नेकपा ( माओवादी केन्द्र ) को प्रदेश १ को अध्यक्ष लगायत पदाधिकारीमा धेरैको दावी परेपछि रोकिएको प्रक्रिया टुङग्याउनका लागि यहि पुस ७ गते पहिलो बैठक बस्दैछ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार