प्रचण्डले फेरि ल्याए नेता-कार्यकर्तालाई उत्पादनसँग जोड्ने योजना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौँ महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कार्यकर्तालाई उत्पादनसँग जोड्ने योजना ल्याएका छन। 

यसअघि हेटौंडा महाधिवेशनबाट अघि सारिएको नेता कार्यकर्तालाई उत्पादनसँग जोड्ने योजनालाई काठमाडौंमा जारी आठौँ महाधिवेशनमा पनि प्रचण्डले अघि सारेका हुन्।

उनले आफ्नो राजनीतिक प्रतिवेदनमा उत्पादन र विकास अभियान चलाई विदेशमा रहेका युवा शक्तिलाई देश विकासमा जोड्ने कुरा पनि उल्लेख गरेका छन्। 

‘प्रत्येक पालिकामा ५० युवा सम्मिलित स्थानीय उद्योग खोल्ने कुरालाई अघि बढाउनुपर्छ। ठूला उद्योगका लागि दुई पालिकाले काम गर्ने योजना बनाउनुपर्छ’, उनले प्रतिवेदनमा भनेका छन्, ‘देशका माथिल्ला तह र राज्यले तिनलाई सघाउनु आवश्यक छ।’

उनले प्रदेश तहले कम्तीमा १०० जना युवालाई रोजगारी दिने गरी कृषि फार्म खोल्नुपर्ने कुरा पनि अघि सारेका छन्।

‘प्रदेशले १०० जनालाई रोजगारी दिने गरी कृषि फार्म खोल्नेतर्फ जाऊँ। केन्द्रले केन्द्रीयस्तरका उद्योगसम्बन्धी काम गर्नुपर्छ’, उनले भनेका छन्, ‘हरेक पार्टी कार्यकर्ताले वर्षमा १५ दिन श्रम गर्ने कुरालाई अनिवार्य गर्नुपर्छ।’ 

प्रचण्डले वैज्ञानिक शिक्षा प्रणाली लागु गर्न राष्ट्रिय शिक्षा नीतिमा परिमार्जनको कुरा पनि समावेश गरेका छन्। उनले सार्वजनिक शिक्षाको स्तरोन्नति आवश्यक रहेको कुरा पनि उल्लेख गरेका छन्। 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार