जेलमा रहेका रेशम चौधरीले श्रीमतीलाई अध्यक्ष बनाएर दल दर्ता, यस्तो राखे पार्टीको नाम

काठमाडौ । डिल्लीबजार कारागारमा रहेका सांसद रेशम चौधरीले श्रीमतीलाई अध्यक्ष बनाएर नयाँ दल दर्ता गरेका छन् । झाँकी सहित पुगेको एक टोलीले निर्वाचन कार्यालयमा दल दर्ता गरेको हो । चौधरीले सोमबार श्रीमती श्रेष्ठ रञ्जिताको अध्यक्षतामा नयाँ दल दर्ता गरेका हुन् ।

उनको पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी राखेका छन् । आफ्नै अध्यक्षतामा उक्त पार्टी गठन गर्न लागिएको भए पनि उनी जेलमा रहेकाले त्यो सम्भव भएन । त्यसैले उनले श्रीमतीलाई अध्यक्ष बनाएर दल दर्ता गरेका हुन् ।

नयाँ पार्टी दर्ता गर्न श्रेष्ठसहितको टोली सोमबार मध्याह्न निर्वाचन आयोगमा पुगेको थियो। डिल्लीबजार कारागारका अनुसार चौधरीले पार्टी दर्ताका लागि आफैं निर्वाचन आयोग जान खोजेको भएपनि अनुमति पाएनन् । आइतवार उनले त्यसका लागि अनुमति माग्दै लिखित अनुमति मागेका थिए । चौधरी टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहितको ह त्या आरोपमा जेलमा छन्। उनले जेलबाटै चुनाव उठेर जितेका थिए।

पछि चौधरी राष्ट्रिय जनता पार्टीमा आवद्ध थिए। राष्ट्रिय जनता पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएपछि चौधरी सोही पार्टीमा थिए। तर, थरुहट आन्दोलन र बन्दी रिहाबारे सरकार, मधेसी दल कसैले पनि चासो नदेखाएपछि आफैं दल खोल्ने निर्णयमा पुगेका हुन्।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent