दिनहुँ बढ्न थाल्यो कोरोना संक्रमण : उपत्यकामा ३७८ सहित एकै दिन थपिए ९६८ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९७१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५७२ र एन्टिजेन विधिबाट ३९६ जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेनबाट थपिएको तथ्यांक २२ र २३ गतेको संयुक्त हो ।

यही अवधिमा थप २६२ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १३ हजार ७०९ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.९ प्रतिशत रहेको छ । हाल देशभर ५ हजार ७४१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
कोभिड-१९ को सङ्क्रमणबाट थप कसैको मृत्यु भने भएको छैन गुमाएका छन् । हालसम्म देशभर ११ हजार ६०२ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो समय नेपालमा दिनहुँ संक्रमित हुनेको संख्या बढिरहेको छ ।

काठमाडौं उपत्यकामा थपिए ३७८ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७८ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा २८४, भक्तपुरमा ३२ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ६८० पुगेको छ ।
आज देशभर ५,२८६ जना होम आइसोलेसनमा र ४५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । अस्पतालमा उपचाररतमध्ये ८१ जना आईसीयू तथा १५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार