नारायणहिटीभित्र बतास समूहले बनाएको कफी हाउस भत्काइयो

नारायणहिटी दरबारभित्र बतास समूहले बनाएको कफी हाउससहितको संरचना शुक्रबार दिउँसो भत्काइएको छ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिले उक्त संरचना भत्काएको हो। 

नारायणहिटी दरबार संग्रहालयका शाखा अधिकृत बुद्धि तामाङले त्यहाँ निर्मित कफी हाउससहितका संरचना भत्काइएको बताएका छन्। 

‘यहाँ बनाइएका कफी हाउससहितका संरचना सबै भत्काइएको छ’, उनले भने, ‘तर कसले भत्काएको हो? हामीलाई पनि थाहा भएन।’

दरबार सङ्ग्रहालयभित्र सम्झौता विपरीत संरचना बनाइएको भन्दै आलोचना भएको थियो। सम्पदा परिसरमा आधुनिक क्याफ्टेरिया बनाएको भन्दै आलोचना भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले पनि खाली गर्ने बताएका थिए। 

गत साता कफी हाउससहितका ती संरचना भत्काउन दरबार संग्रहालय समितिले बी म्यानेजमेन्ट प्रालिलाई पत्र पठाएको थियो। 

विवादित क्याफ्टेरिया निर्माण गरेको बतास अर्गनाइजेसनमा प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवासमेत सल्लाहकार थिइन्। उनी सल्लाहकार भएको खुलेपछि बतासले आफ्नो वेबसाइट नै बन्द गरेको छ। नेपाल खबर बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent