नेकपा एमाले मोरङ्ग जिल्लाको ९औ अधिवेशन बाट हस्त लिवाङ जिल्ला कमिटी सदस्यमा निर्वाचित

नेकपा एमाले मोरङ्ग जिल्लाको ९ औ अधिवेशन बाट गीतकार संगीतकार गायक कलाकार चलचित्र निर्देशक हस्त लिवाङ मोरङ जिल्ला कमिटी सदस्यमा निर्वाचित हुनु भएको छ | केराबारी मोरङमा स्थाई बसोबास गर्नुहुने लिवाङ समाजको हरेक क्षेत्रमा सक्रिय व्यक्ति हुनुहुन्छ |

अति मिलनसार आफ्नो काम प्रति सधै उत्तरदायी हस्त लिवाङ समाजसेवी व्यक्तिको रुपमा पनि आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ | राजनीति बाट समाज समुदाय र रास्ट्रको निम्ति केहि गर्ने अठोटको साथ अघि बढेर केहि उल्लेखनीय काम गर्ने कुरा पाथीभरा च्यानल लाई बताउनु भयो |

नेकपा एमाले मोरङ्ग जिल्लाको ९ औ अधिवेशन बाट जिल्ला कमिटी सदस्यमा निर्वाचित भएपछी सामाजिक संजाल र प्रत्यक्ष भेटघाट गरेर लिवाङ लाई हार्दिक बधाइ साथै सफल कार्यकालको शुभकामना आइरहेको छ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार