एकैदिन १० हजार २५८ जनालाई कोरोना संक्रमण

नेपालमा मंगलबार एकै दिन १० हजार २५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

यो संख्या तेस्रो लहरयताको सबैभन्दा बढी हो। २२ हजार ८२८ जनाको परीक्षण गर्दा करिब ४९ प्रतिशतमा कोरोना पाइएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८७३० जना र एन्टिजेन विधिबाट १५ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

पछिल्लो २४ घण्टामा देशभर आरटी पीसीआर विधिबाट १७ हजार ८७२ र एन्टिजेन विधिबाट ४९ सय ५६ नमुना परीक्षण गरिएको थियो। 

यही अवधिमा केबल ५६४ जना मात्रै संक्रमित निको भएका छन्। कोरोनाको तेस्रो लहर आएसँगै मृत्यु दर भने एकदमै कम छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता केबल एकजनाको मात्रै कोरोनाबाट निधन भएको छ। नेपालमा मंगलबारसम्म सक्रिय संक्रमित ३९ हजार ४४ पुगेका छन्। 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent