मन्त्री रेणु यादवलाई तत्काल पदबाट बर्खास्त गर्न माग

मानव अधिकार तथा शान्ति समाजले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई तत्काल पदबाट हटाउन माग गरेको छ।

समाजले आइतबार बिहान विज्ञप्ति जारी गरी मन्त्री यादवले गत बुधबार रौतहटको गौरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनलाई मन्त्री पदबाट बर्खास्त गर्न माग गरेको हो।

‘मन्त्री रेणु यादवले हालै रौतहटको गौरमा दिएको आपत्तिजनक अभिव्यक्ति मन्त्री पदको गरिमाविपरीत हुनुका साथै लोकतान्त्रिक मर्यादाको खिलाफ रहेको धारणा मानवअधिकार तथा शान्ति समाजको रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘आपराधिक मार्गलाई बढावा दिनेगरी अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई मानव अधिकार तथा शान्ति समाज आग्रह गर्दछ।’

साथै विज्ञप्तिमा सीके राउत नेतृत्वको पार्टीका गतिविधि पनि अराजक, उच्छृंखल र अशोभनीय रहेको भन्दै निन्दा गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘सीके राउत नेतृत्वको जनमत पार्टीद्वारा प्रदर्शित कतिपय अराजक, उच्छृंखल एवम अशोभनीय गतिविधिको शान्ति समाज निन्दा गर्दछ।’ 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent