पछिल्लो २४ घण्टामा १० हजार ३१९ लाई कोरोना, चारजनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

ad

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरटी पीसीआर विधिबाट ८ हजार ५४ र एन्टिजेन विधिबाट २२ सय ६५ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयले देशभरका ल्याबमा आरटी पीसीआर विधिबाट २१ हजार २०१ नमुना परीक्षण भएको थियो। त्यस्तै एन्टिजेन विधिबाट ४५ सय ४७ नमुना परीक्षण भएको थियो।

यही अवधिमा थप चारजनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ। सोमबारसम्म सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent