कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

कलाकार जयनन्द लामाको मृत्यु रहस्यमयः खुट्टा गाडीमा, टाउको भुइँमा

कलाकार जयनन्द लामा मृत अवस्थामा फेला परेका छन्।

मंगलबार साँझ ७ बजे बैठकमा सहभागी हुन भन्दै बौद्धतर्फ गएका लामा भक्तपुरको मध्यपुर ठिमीमा मृत अवस्थामा फेला परेका हुन्। 

भक्तपुर मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीको सचेत मार्गस्थित आफ्नै निवास अगाडी कारभित्रै मृत भेटिएका हुन्। बुधबार बिहान ७ बजे आफन्तले शव भेटेका थिए। 

बा ३ च ७७४१ नम्बरको मारुती सुजुकी कारमा खुट्टा गाडीमा र शरीर घोप्टो परी टाउको भुइँमा जोतिएको अवस्थामा भेटिएको भक्तपुर प्रहरी परिसरका डीएसपी राजु पाण्डेले जानकारी दिए। 

ad

उनको शरीरमा चोट समेत देखिएको र थप अनुसन्धान भइरहेको पाण्डेले बताए। नेपाल खबर बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार