दुर्गा नेम्बाङ नेकपा माओवादी केन्द्रको प्रादेशिक मामिला विभाग सदस्यमा मनोनीत 

नेपाली कला क्षेत्रमा दुर्गा नेम्बाङको आफ्नै पहिचान र प्रभाव छ | नेम्बाङ सफल चलचित्र निर्देशक र कलाकार हुन् | उहाले केहि नेपाली र लिम्बु भाषाको चलचित्र को निर्देशन गर्नुको साथै दर्जनौ चलचित्रमा कलाकार भएर अभिनय पनि गर्नु भएको छ |

नेपाल चलचित्र बिकाश बोर्डमा आदिवासी चलचित्र प्रबदन समितिमा सदस्य भएर काम गरि सक्नु भएको छ | उहाले दुइ दर्जन भन्दा बढी चलचित्र सबन्धि कार्यशालामा सहभागी भएर चलचित्र निर्माण सम्बन्धि ज्ञान हासिल गर्नु भएको छ |

नेपाली कला क्षेत्र लाइ माया गर्नु हुने दुर्गा नेम्बाङ दर्जनौ रास्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड बाट समेत सम्मानित भइसक्नु भएको छ |

खेलकुद क्षेत्रमा पनि रुची राख्नुहुने दुर्गा नेम्बाङ नेपाल सितोरियो करातेको को ब्याल्क बेल्ट हुन् | उहाले धेरै रास्ट्रिय प्रतियोगितामा समेत सहभागी हुनुभएको छ | अनुशान लगनशीलता र समयको महत्व नेम्बाङले खेलकुद वाट नै सिकेका हुन् |

नेपाली राजनीतिमा सक्रिय भएर लाग्नु भएको दुर्गा नेम्बाङ राजनीति बाट नै समाजको रुपान्तरण गर्ने सकिन्छ भन्ने कुरा राम्रो संग बुझेका छन् | प्रदेश नं १ सरकारका कृषि तथा पशुपंक्षी मन्त्री माननीय झलकसिह दर्लामी मगरका स्वकीय सचिव दुर्गा नेम्बाङले गाउँ बिकाश गर्न र बिभिन्न कारणले अप्ठ्यारो परेका मानिस र दिन दुखीको सहयोगको लागि रातदिन खटिरहनु भएको छ |

पाटीले दिएको जिम्मेवारी लाई कुशलता पुर्बक निभाउदै आउनु भएका नेपाली राजनीतिमा सक्रिय भएर लाग्नु भएको दुर्गा नेम्बाङ नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेश कमिटीको दोस्रो पुर्ण बैठकबाट प्रदेसको प्रादेशिक मामिला विभाग सदस्यमा मनोनीत भएपछी नेम्बाङ लाई अहिले समाजिल संजाल मार्फत शुभकामना र बधाई आइरहेको छ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार