कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

पोखराको अन्नपुर्ण केवलकार भोली देखि चल्ने

पर्यटकहरुको राजधानी मानिने पोखरामा निमार्ण गरिएको अन्नपुर्ण केवलकार भोलिदेखि संचालनमा आउने भएको छ । अन्नपुर्ण केवलकारका प्रबन्ध निर्देशक दिनेश पौडेलका अनुसार सेदिबगर देखि सारङकोट सम्म जाने अन्नपुर्ण केवलकारले पर्यटकहरुको चाहना अनुसार बिहानको सुर्याेदयको दर्शन, साँझ सुर्यास्थको अबलोकनको साथै पर्यटकीय नगरी पोखराको अबलोकन गर्न बिहान ५ बजे देखि बेलुकी ६ बजे सम्म संचालन हुने बताउनु भएको छ ।

‘केवलकारले पोखरा महानगरपालिका १८ सेदी देखि सराङकोट सम्मको दुई दशमलब ४ किलोमिटरको दुरी ९ मिनेटमा पार गर्ने छ’ पौडेलले भने । करिब २ अर्ब लगानीमा निमार्ण गरिएको केवलकारमा १७ वटा गन्डोला (डिब्बा) रहेका छन् भने आवश्यक भएमा १८ वटा डिब्बा थप गर्न मिल्ने छ । १ घण्टामा केवलकारबाट करिब १५ सय जना यात्रुहरुले सेवा लिन सक्नेछन् । केवलकारमा यात्रा गर्दै उत्तरतिरका सुन्दर हिमालहरु,फेवाताल, सुर्याेदय, सुर्यास्थ, पोखरा अन्तराष्टिय बिमानस्थल आदि अबलोकन गर्न सकिने छ ।

सुदीप भण्डारी बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार