धरान र इटहरी मेयरमा गठबन्धनबाट किशोर र हेमकर्ण कांग्रेसका उम्मेदवार

इटहरी । इटहरी र धरान उपमहानगरपालिकामा गठबन्धनले उम्मेदवार टुंग्याएको छ । इटहरी उपमहानगर सभापति हेमकर्ण पौडेल मेयरको उम्मेदवार बनेका छन् । त्यस्तै धरानमा कांग्रेसकै किशोर राईलाई अघि सारिएको छ ।

७४ मा पनि इटहरीमा पौडेलले दाबी गरेका थिए । तर, उनले टिकट नपाएपछि कांग्रेसका नेता-कार्यकर्ताले सडकमै पर्दर्शन गरेका थिए । २०५५ मा इटहरीको सामुदायिक क्याम्पस बहुमुखी जनता क्याम्पसका स्ववियू सभापति पौडेल इटहरीमा कांग्रेसबाट तीनपटक सभापति भइसकेका छन् ।

२०३५ साउन ५ मा झापाको केरोबारीमा जन्मेका उनी २०४६ मा इटहरी आएका हुन् । नेपाली काङ्ग्रेसको राजनीतिमा पौडेलको औपचारिक प्रवेश २०५५ मा भएको स्ववियू चुनावबाट भएको हो ।

त्यस्तै धरानमा गठबन्धनबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार किशोर राई अघिल्लो पटक मेयरमा लड्न खोजेका थिए । उनी खेलकुद क्षेत्रमा थिए ।

किशोर गत असोजमा भएको कांग्रेस धरानको पार्टी सभापतिमा श्याम पोखरेलसँग ३९ मतले पराजित भएका थिए ।

२०७४ मंसिरमा भएको प्रदेशसभा चुनावमा सुनसरी क्षेत्र नम्बर १ (क) मा उनी एमालेका प्रदीप भण्डारीसँग ५ हजार ७३ मतले पराजित भएका थिए । नेपाल प्रेस बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent