कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

काठमाडौंको मेयरमा कांग्रेसबाट सिर्जना सिंहले गराइन् मनोनयन दर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले मनोनयन दर्ता गराएकी छन् ।

सोमबार दिउँसो राष्ट्रिय सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएकी हुन् । उनले आफूले निर्वाचन जितेमा गृहिणी भत्ता र विधुर भत्ताको व्यवस्था गर्ने, ज्येष्ठ नागरिकका लागि अस्पताल सञ्चालन गर्ने योजना रहेको बताइन् ।

उनले काठमाडौं बाहिरका नागरिकका लागि रोजगारीको व्यवस्था गर्ने, कामकाजी महिलाका छोराछोरीका लागि डे केयर स्कुल सञ्चालन गर्ने पनि सुनाइन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार