कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

विवादित अभिव्यक्ति दिएका स्थापितलाई आयोगले सोध्यो स्पष्टीकरण, तीन दिनभित्र जवाफ दिन निर्देशन

निर्वाचन आयोगले एमालेबाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार रहेका केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ ।

जातीय द्वेष फैलाउने र महिला हिंसाबारे दिएको अभिव्यक्तिलाई आधार मानेर आयोगले स्पष्टीकरण सोधेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । 

‘उहाँले दिएको अभिव्यक्ति आयोगको नोटिसमा आएसँगै हामीले तीन दिनभित्र जवाफ दिन निर्देशन दिएका हौँ,’ उनले शिलापत्रसँग भने । स्थापितले आफ्ना प्रतिद्वन्द्वी बालेन शाह अन्तर्राष्ट्रिय ठग भएको अभिव्यक्ति दिएका थिए । साथै उनले जातीय विभेद फैलाउने खालको अभिव्यक्ति दिएका थिए ।

यस्तै महिला हिंसाबारे उनीमाथि प्रश्न गर्ने भावना राउतलाई अपमानजनक व्यवहार समेत गरेका थिए ।  

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार