बागीलाई कुनै पनि हालतमा माफ गर्ने छैनौं–प्रधानमन्त्री देउवा

धनगढी, २६ बैशाख । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन गठबन्धनले जित्न जरुरी रहेको बताएका छन् ।

सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन जितेमात्र संघीय सरकार बलियो हुने समेत दाबी गरे ।

प्रधानमन्त्री देउवाले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई मत दिन आग्रह गरे । उनले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका उम्मेदवारहरुलाई सहयोग नगर्ने भन्दै फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिए । उनले भने,‘बागीलाई कुनै पनि हालतमा माफ गर्नेछैनौ ।’

File Photo

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent