हेटौंडामा गठबन्धनको अग्रता, एमाले तेस्रो स्थानमा झर्यो

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा ७४ सय ६१ मतगणना हुँदा हालसम्म २२ सय ४२ मतसहित गठबन्धनकी उम्मेदवार मीना लामा पहिलो स्थानमा रहेकी छन् ।

मतगणनाको सुरुवातबाट पहिलो र दोस्रो स्थानमा रहेको नेकपा एमाले आइतबार दिउँसो २ बजेसम्मको मतगणनाअनुसार तेस्रो स्थानमा पुगेको छ । दोस्रो स्थानमा राप्रपाका उम्मेदवार दीपक सिंह रहेका छन् । उनले २१ सय ३७ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा एमालेका उम्मेदवार अनन्त पौडेलले २ हजार ३७ मत प्राप्त गरेका छन् ।

हाल हेटौंडा १, २, १८ र १९ नम्बर वडामा मतगणना भइरहेको छ । हेटौंडा १ को मतगणना अन्तिम चरणमा पुगेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा हेटौंडामा नेकपा एमाले विजयी भएको थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार