झापाको दमकमा राप्रपाको राम थापाको अग्रता कायमै

झापाको दमकमा राप्रपाका राम थापाले अग्रता कायमै राखेका छन्।

बिहीबार बिहानको पछिल्लो मतगणना अनुसार थापाले १२७४४ मत पाउँदा नेकपा एमालेकी गिताकुमारी पौडेल अधिकारीले १२ हजार ६ सय ९ मत पाएकी छन्।

यस्तै उपमेयरमा नेकपा एमालेका अम्बिका प्रसाद खनालले १२ हजार हजार ६ सय ६ मतसहित अग्रता लिइरहेका छन्।

उनलाई राप्रपासहितको गठबन्धका साझा उम्मेदवार नेपाली कांग्रेसकी रेगिना भट्टराईले १२४८४ मतसहित पछ्याइरहेकी छन्।

हालसम्म झापामा १, २, ३, ४, ८, ९ र १० नम्बर वडाको अन्तिम परिणाम आइसकेको छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार