कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मन्त्री वली एकाबिहानै विबाहित प्रेमीको घरमा पुगेर अमानविय व्यबहार गर्दै मच्याइन् खैलाबैला

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीले बेला बेलामा तमासा देखाइरहन्छिन् ।

गत वर्ष प्रेमीसँगको अंकमालसहितको तस्विर भाइरल भएपछि विबादमा तानिउकी वलीको अर्को हर्कत बाहिर आएको छ ।

मन्त्री वली आफ्ना एक पीएसओसहित प्रेमी एकराज बस्नेको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको घरमा फिल्मी शैलीमा पुगिन् । उनी आज एकाबिहानै दलबलसहित त्यहाँ पुगेर ‘मेरो एकराज खोइ रु’ भन्दै एकराजकी श्रीमती र छोरीलाई सुरुमा सोधिन् । त्यसपछि उनले एकराजकी श्रीमती र छोरीमाथि जाइलागेको समेत प्रत्यक्षदर्शीले बताए ।

निकै आक्रोशित बनेकी वलीले एकराजलाई नदेखेपछि कोठाभित्रको दराजसमेत तो’डफो’ड गरेको बताइएको छ । एकराज घरमा नभएको समयमा त्यहाँ पुगेकी वलीले देखाएको हर्कत असैह्य भएपछि स्थानीयले प्रहरीलाई खबर गरे लगत्तै इप्रका तुलसीपुरबाट प्रहरी टोली आएर विमलालाई नियन्त्रणमा लिएको छ ।

वलीका श्रीमानको केही समयअघि दुर्घटनामा मृत्यु भएको थियो । श्रीमानको अवसानपछि उनी विवाहित पुरुष एकराजसँग एकाएक नजिकिएकी थिइन् ।

वलीले आफ्नो फेसबुक स्टोरीमा एकराजलाई चुम्बन गरिरहेको फोटो पोष्ट गरेपछि उनी मिडियाको आँखामा परिन् । त्यसपछि विबादमा आएकी वलीले बेलाबेलामा यस्तै हर्कतहरु दोहोराउँदै आएकी छिन् ।

नेकपा विभाजनपछि उनी एमाले संसदीय दलको बैठकमा सहभागी भए पनि सरकार परिवर्तनका बेला माओवादीतिर लागेर लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री खान सफल भइन् । नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उनका पति उत्तर कुमार वलीको दुर्घटनामा मृत्युपछि तत्कालीन नेकपाबाट श्रीमती विमला वली सांसद निर्वाचित भएकी थिइन् । ताजा खबर

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार