कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

वामदेव गौतमले घोषणा गरे ‘राष्ट्रिय एकता अभियान’ पार्टी

७५ सदस्यीय केन्द्रीय कमिटी, आठ सदस्यीय सचिवालय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । आज (मंगलबार) काठमाडौंस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनले पार्टी घोषणा गरेका हुन् ।
पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान रहेको छ । पार्टीको केन्द्रीय कमिटी ७५ सदस्यीय रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

आज बिहान ६९ सदस्यीय केन्द्रीय कमिटी रहने भनिए पनि थप भएको प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए । पार्टीको संयोजकमा वामदेव तथा सचिवमा डिबी कार्की छन् । पार्टीको आठ सदस्यीय सचिवालय पनि घोषणा गरिएको छ । पार्टीको मुख्य उद्देश्य विघटन भएको नेकपा एमालेलाई पुनःगठन गर्नु रहेको छ ।

राष्ट्रिय सभाका सांसद समेत रहेका गौतमले नेकपा विभाजित भएपछि वाम एकताका लागि छुट्टै अभियान संचालन गर्दै आएका थिए । उनले शनिबार मात्रै अभियानको राष्ट्रिय भेला आयोजना गरेका थिए ।
हेर्नुस् यस्तो छ सचिवालय
संयोजक – वामदेव गौतम
सचिव- डिबी काकी
सदस्य – ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent