अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा

राजीनामा घोषणाअघि शर्माले आफू सबै प्रकारको छानबिनको लागि तयार रहेको स्पष्ट पारेका थिए । उनले आफू एउटा छानबिनको लागिमात्रै नभएर हजारौं छानबिनको लागि तयार रहेको टिप्पणी गरेका छन् । उनले आफूले देश र जनताको पक्षमा काम गरेको जिकिर गरेका थिए ।

आफूले राम्रो काम गर्दा गर्दैपनि आफूमाथि गलत आरोप लगाएर भ्रम छर्ने काम भएको उनको भनाई थियो । उनले छानबिन समितिले बाहिर ल्याउने कुराले नै सबै कुरा स्पष्ट पार्ने जिकिर गरेका थिए । उनले छानबिन समितिलाई आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार