
सुनसरी : प्रहरीले फेसबुक एकाउन्ट ह्याक गरी ठगी गर्ने ३ जना पक्राउ गरेको छ । नयाँ प्रविधिहरू प्रयोग गरी हुने गरेका अपराध रोक्ने सुनसरी प्रहरीको विषेश अभियान अर्न्तगत फेसबुक एकाउन्ट ह्याक गरी नक्कली ‘इसेवा आइडी’ प्रयोग गरी सर्बसाधारणहरुलाई ठगी गर्ने गरेको ३ जना व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।
१ भाद्र २०७९ ठेगाना भद्रपुर नगरपालिका ६ बस्ने बर्ष १९ को आषिस बिष्ट र सोही ठेगानका बर्ष १८ को प्रविण राजवंशी र बर्ष १८ को भवेश राजवंशीलाई लुकिछिपि बसिरहेको अवस्थामा भद्रपुरबाट पक्राउ गरी सुनसरीमा ल्याएर मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) राजकुमार राईले जानकारी दिए ।
प्रवक्ता डिएसपी राईका अनुसार उनीहरुले ईटहरी उप-महानगरपालिका वडा नं २ बस्ने डिल्ली बहादुर राउतको फेसबुक एकाउन्ट ह्याक गरी गत साउन १२ गते म्यासेन्जर मार्फत आफ्ना साथीहरूलाई आफू समस्यामा परेको भन्ने नक्कली म्यासेज पठाई ‘इसेवा आइडी’मा रकम पठाउन लगाएर ठगी गरेका हुन् ।
उनीहरुले २५ वटा भन्दा बढी फेसबुक ह्याक गरी दुई लाख भन्दा बढी रकम ठगी गरेको थिए । उनीहरुले सफ्टवेयर निर्माण गरी अन्य धेरै सर्बसाधारणहरुलाई समेत ठगी गर्न खोजिरहेको अवस्थामा पक्राउ गरी अनुसन्धान सुरू गरिएको राईले बताए । नयाँ पेज बाट